प्रदेश सरकारद्धारा सडक निमार्णको काम तिब्र

  • आश्विन २३, २०७७
  • कालापानी मिडिया
alt

सुदूरपश्चिम प्रदेशकै गौरवको योजना अन्तर्गत पर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको कालोपत्रेको तयारी तिब्र रुपमा भैरहेको  छ । लामो समयदेखी अलपत्र परेको सडक संघ र प्रदेश कसले निमार्ण गर्ने विवादका बिच प्रदेश सरकारले सडक निमार्ण गर्न लागेको हो ।

संघ प्रदेश बिच कसले निमार्ण न्ने कुरामा अल्झिएको दैजी जोगवुढा सडकखण्ड लामो समयको अन्तराल पछि प्रदेश सरकारको लगानीमा निमार्ण सँगै कालोपत्रेको समेत तयारी भैरहेको छ ।

जिल्लाको बेदकोट नगरपालिका र डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकालाई जोड्ने उक्त सडकको कालोपत्रेको तयारीको काम भने तिव्र गतिमा भैरहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताए ।

“लामो समयदेखी कसले बनाउने भन्ने अलझन्का बिच अहिले प्रदेश सरकारको लगानीमा सडक निमार्ण तथा कालोपत्रेको काम धमाधम अगाडि वढेको छ ।” बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले भने, “बिचमा कोरोना कहरले केही निमार्ण कार्यमा ढिलाई भएपनि हाल भने निमार्ण कम्पनीले कामलाई गति दिएको छ ।”निमार्ण कम्पनीले असोज महिनाको अन्तिम साता भित्रमा झण्डै ४ किलोमिटर क्षेत्रमा भने सडक कालोपत्रे गरिसक्ने उनले बताए ।

नगर प्रमुख चन्दका अनुसार बेदकोट तालको तल चोरपानी देखी मुनि तिरको सडकमा बेस विछाउने काम भैरहेको छ । यस्तै बेस विछाएपनि प्राइम हाल्ने र प्राइम हालेको तिन चार दिन भित्रमा कालोपत्रे गर्ने योजना निमाणृ कम्पनीको रहेको नगर प्रमुख चन्दको भनाई छ ।

दैजी जोगवुढा सडकको दैजी देखी लिप्ना सम्म झण्डै १७ किलोमिटर सडक निर्माणका लागि नागार्जुन कन्ष्ट्रक्शनसँग १६ करोेड ३८ लाख २५ हजार ८ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन नसक्दा योजना निर्माणको समयसीमा १ वर्ष थप गरिएको छ ।

“दैजी जोगवुढा सडक खण्डको केही भाग तिहार अगावै कालोपत्रे गर्ने योजनाका साथ निमार्ण कम्पनी काम गरिरहेको अवस्था छ ।” प्रमुख चन्दले भने, “नगरपालिका स्थित बेतकोट तालको ३ किलोमिटर जती माथि सम्म झण्डै ९ किलोमिटर कालोपत्रे तिहार अगावै सम्पन्न हुन्छ, तिहारपछि चिसोको मौसममा काम कालो पत्रेको काम गुण्स्तरिय नहुने भएकोले पनि निमार्ण कम्पनीलाई जतिसक्दो चाडो निमार्ण गर्न भनिएको छ ।”कालोपत्रे गर्ने सडकको बाँकी रहेको काम भने फागुन चैतमा गरिने उनको भनाई छ ।

यस्तै दैजी जोगवुढा सडक खण्ड कालोपत्रे भैसकेपछि पहाडी जिल्लामा आवत जावत गर्न सहज हुनेछ । तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा शुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ ।

कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डँडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved