अब सार्वजनिक गाडीमा फेस सिल्ड अनिवार्य

  • कार्तिक २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको हो ।
सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने छ,’ उनले भने,‘यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुनेछ ।’

उनले यात्रु आफैं आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने पनि बताए । बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेपर्ने लगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने उनले बताए ।

अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ । विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह रेको छ ।

सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

notice-dotm-1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved