सुदूरपश्चिम प्रदेशमा सोमबार थप एक सय २७ कोरोना संक्रमित

  • कार्तिक ३, २०७७
  • कालापानी मिडिया
alt

कैलाली । सुदूरपश्चिम प्रदेशमा सोमबार थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका पाँचवटा प्रयोगशाला मार्फत एक हजार २ सय ६१ जनाको परीक्षण गरिएकोमा थप एक सय २७ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। कार्की अनुसार सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर २ र १३ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एकरएक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ। १९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका एकरएक जनामा कोरोना संक्रमण भेटिएको बताए।

यस्तै बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जना, अछामको कमलबजारस्थित प्रयोगशालामा भएको परीक्षणमा ३ जना र डडेल्धुरा अस्पताल गरीएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ। संक्रमित मध्ये ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved