विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नजिक

  • मंसिर ८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नजिक पुगेको छ । संक्रमित संख्याको वृद्धिदर बढेसँगै दैनिक सात हजारभन्दा बढीको मृत्यु हुनथालेपछि यो अवस्था बनेको हो ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५ सय ७१ पुगेको छ । कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५ सय ३१ पुगेको छ । जसमध्ये ४ करोड ७ लाख संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड २५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ । यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४० हजार संक्रमित संख्यामध्ये ४८ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २० लाख ८९ हजार संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ८९ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ४९ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved