विप्लव समूह र राजावादीहरुको गतिविधिमाथि सुरक्षा निकायको तिब्र निगरानी शुरु

  • मंसिर ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं – विप्लव समूह र पूर्वराजावादीहरुको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्न शुरु गरेको छ । अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै प्रतिबन्धित समूहको चलखेल बढेको निष्कर्ष निकाल्दै सुरक्षा निकायले ती समूहको गतिविधिमाथि निगरानी राख्न शुरु गरेको हो। गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर उनीहरुले गर्न सक्ने अराजक गतिविधिको बारेमा निगरानी र नियन्त्रण गर्न निर्देशन दिएका हुन।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दीका कारण पार्टी विभाजनको तहमा पुगेको र दलप्रति जनताको धारणा नकारात्मक बन्दै गएका कारण पूर्वराजावादीहरुले राजधानीलगायत देशभर मंसिर १५ गतेबाट मौन जुलुस निकाल्ने घोषणा गरेपछि सरकार सशंकित भएको छ । उता, पूर्वमाओवादीबाट विभाजन भएर भूमिगत भएको विप्लव समूहले समेत आफ्नो गतिविधिलाई अहिले नै तीव्रता दिएपछि गृहमन्त्री थापाले त्यस्ता समूहको गतिविधिमाथि निगरानी राख्न र उनीहरुको उद्देश्यलाई निस्तेज पार्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको गृह मन्त्रालय श्रोतको भनाइ छ ।

गोप्यरुपमा पटकपटक बसेको बैठकले कार्ययोजनासमेत बनाएर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको श्रोतको भनाइ छ । तराईका जिल्लाहरुमा यसअघि नै ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सहित जुलुस प्रदर्शन भइरहेका छन् । मंसिर १५ गतेबाट संगठितरुपमा नै पूर्वराजावादीले आन्दोलन गर्ने घोषणा गरेपछि सरकार थप सशंकित भएर त्यस्ता क्रियाकलाप नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । सरकारले देशभर विप्लवको पछिल्लो गतिविधि र राजावादीहरुको गतिविधिका बारेमा समेत अवस्थाको मूल्यांकन गरी गृह मन्त्रालयलाई जानकारी गराउनसमेत गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।

पछिल्लो समय विप्लव समूहले सैन्य दस्तासमेत तयार पारेको सूचना पाएको सरकारले उनीहरुको अराजक गतिविधि रोक्न आग्रह गरेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved