राजेन्द्र लिङदेनको चेतावनी-आजको प्रदर्शन कास्टिङ मात्र हो (हेर्नुस फोटो फिचर)

  • मंसिर २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेको छ । संवैधानिक राजसंस्था पुनः स्थापनको माग गर्दै हजारौँको संख्यामा ¥यालि प्रदर्शन गरेको हो ।

3

हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार मानिसलाई सडकमा उतारेर राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, लगायत जनजीविकासँग सम्बन्धित विषयमा केन्द्रीत रहेर झापामा आज शक्ति प्रर्दशन गरेको हो ।

128823757_382985829678170_136172867972582799_o

प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो। बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन मात्र शुरुवात भएको चेतावनी दिदै भने ‘यो प्रदर्शन कास्टिङ मात्र हो, क्लाइमेक्स आउन बाँकी नै छ।’128749701_382978403012246_2753066923722745597_o

राजसंस्था तथा हिन्दुराष्ट्र देशमा आजको आवश्यक्ता भएको भन्दै नेता लिङदेनले जन स्तरबाट आवाज उठ्न थालिसकेकोले यस्तो किसिमको ¥यालिले राजा छिट्टै आउने संकेत गरेको समेत बताए ।

129159003_10157854087062810_75641256423733084_n

¥यालिमा पूर्व मन्त्रि रामकुमार सुब्बा, पूर्वमन्त्रि टेकनारायण राजवंशी, नेता राम थापा, भक्ति सिटौला, रामु पोखरेल लगायतको समभागिता रहेको थियो ।1 2 128806070_382978143012272_7179965373865884284_o 129112054_382978283012258_7416897368314005750_o 129136305_382978489678904_700463360053766129_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved