राजसंस्था पुनःस्थापनाको माग गर्दै चितवनमा राजाबादीले गरे विशाल प्रदर्शन

  • मंसिर २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । राजसंस्थासहित हिन्दुराज्य पुनर्स्थापनाको माग गर्दै देशव्यापी शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेका छन् । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका हुन् ।128668374_10222002048894142_4535980352733197772_n

केही दिन देखी दे्शका बिभिन्न स्थानमा शक्ति प्रदर्शन गर्दै आएको विर गोर्खाली अभियानले आज पनि चितवनमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ । ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्‍यालीसहित विशाल प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजारानीको तस्बिर अंकित टिसर्ट लगाएर भरतपुरस्थित पारस बसपार्कबाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोकबाट पुनः पारस बसपार्कमा पुगेर र्‍याली कोणसभामा परिणत भएको हो । र्‍यालीमा करिब ५ हजारभन्दा धेरै मोटरसाइकल सहभागी रहेको आयोजकको दाबी छ ।

र्‍यालीपछि पारस बसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे । उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकारलगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।chitwan_2ckQ91OJ0m

कार्यक्रम सञ्चालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

विगतदेखि राजसंस्था र राष्ट्रियताका लागि आवाज उठाउँदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघसंस्थाहरुलाई एकै ठाउँमा संगठित गर्ने काम वीर गोर्खाली अभियानले गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved