सासंद राजेन्द लिङदेनलाई निमोनिया, उपचारकालागि काठमाडौं ल्याइदै

  • मंसिर २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ।

अहिले उनको झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

उनका स्वकीय सचिव छत्र कडायतका अनुसार बिहीबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

भर्ना गर्दा जति अक्सिजन चाहिन्थ्यो साँझसम्म आइपुग्दा शरीर अझ बढी अक्सिजन चाहिन थालेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।

लिङदेनलाई काठमाडौं लैजाने तयारी भइरहेको राप्रपाका नेताहरूले बताएका छन्। सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको उनीहरूले बताएका छन्।

केही दिन अघि उनको कोरोना परीक्षण पनि गरिएको थियो। त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो। विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेन घरमै आराम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved