कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु

  • पुस ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा। सन्जिव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved