राप्रपा नेता लिङ्देन डिस्चार्ज,शुभ-चिन्तकलाई दिए धन्यवाद

  • पुस ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा एक साता भन्दा लामो उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन्।

निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो।

अस्पतालबाट डिस्चार्ज भए लगत्तै उनले अस्पताल र आफ्नो सु स्वास्थ्यको कामना गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज फर्केको छु। मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु।’

rrrr

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved