महामारी नियन्त्रणका लागि चेन ब्रेक आवश्यक-मिडिया एलाइन्स

जनचेतनाका लागि एकतावद्ध भएर लाग्न सदस्य संस्थाहरुलाई मिडिया अलाइन्सको आग्रह

  • वैशाख १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सञ्चारगृहहरुको छाता संगठन मिडिया एलाइन्स नेपालले आफना सबै सदस्यलाई कोरोना महामारीसँग जुध्न र समस्या समाधानका लागि एकताबद्ध भएर लाग्न आग्रह गरेको छ ।

एलाइन्सका अध्यक्ष भाष्कर राज राकर्णिकारले सोमबार एक विज्ञप्ती मार्फत कोरोनाको वर्तमान अवस्था असहज मात्रै नभई भयावह बन्ने तर्फ उन्मुख भएको उल्लेख गर्दै जन चेतना जगाउने काममा लाग्न सदस्यहरुलाई आग्रह गरेका छन ।

विज्ञप्तीमा अवस्था असामान्य र अनियन्त्रित तर्फ उन्मुख भएको संकेतहरु देखा परेकोले महमारीको चेन ब्रेक गर्न आवस्यक भएको भनिएको छ । एलाइन्सले सार्वजनिक स्थानमा भीडभाड नगर्न र अत्यावस्यक बाहेकका अवस्थामा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै चेन ब्रेकका लागि आवस्यक व्यवस्थापन गर्न सरकार र संबन्धित निकायसँग आग्रह गरेको छ ।

यसैगरी एलाइन्सले कोरोना पीडितको उपचारका लागि अक्सिजनका साथै अस्पतालमा शैय्याको कमि हुन नदिने व्यवस्था गर्न समेत सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved