बेड नपाउँदा कोरोना संक्रमित युवकको मृत्यु

  • वैशाख १४, २०७८
  • कालापानी मिडिया
alt


नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय कोरोना सक्रमित युवकको अस्पतालमा बेड नपाउदा मृत्यु भएको छ।
श्वास फेर्न गा¥हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखि सामान्य उपचार सुरू गरिएको थियो । आईसियुमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्था भएपनि जिल्लामा सो सेवा उपलब्ध नभएकाले उनको थप उपचारका लागि

भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरिएको थियो । तर ति अस्पताल प्रशासनले बेड अभावको कारण देखाउदै भर्ना गर्न नसकिने बताएपछि जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा नै सामान्य अक्सिजन दिएर ति युवाको उपचार गरिएको थियो । सोहि अस्पतालमा उपचार गर्दागर्दै उनको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए ।

दुई दिन अघि मात्र उनका बाबुको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो । दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरू मध्ये १० दिनको अवधिमा रामग्राम नगरपालिकाकामा मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved