बाँकेमा आइतबार राति र सोमबार बिहान गरी ७ जना संक्रमितको मृत्यु

  • बैशाख २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् ।

जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना सं‌क्रमण सम्बन्धी फोकल पर्सन तेज वलीले जानकारी दिए । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृत्यु भएको हो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ । भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् । उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृत्यु भएको हो ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको ज्यान गएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते कोरोना पोजिटिभ देखिएपछि १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो ।

अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको छ । उनको वैशाख ५ गते कोरोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो । मृतक महिला भने बैजनाथ गाउँपालिका ८ की स्थायी वासिन्दा हुन् । उनको १९ गते कोरोना पोजिटिभ आएको थियो भने राति साढे १ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved