मध्य भोटेकोशी जलविद्युतको आईपीओ पहिलो दिन ६०१ जना स्थानियले भरे

  • वैशाख २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ ६०१ जनाले भरेका छन् । कम्पनीले आयोजना प्रभावित स्थानियमा कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले कुल कित्ता मध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रभित्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ ९साविक लिस्ती गाविस र मार्मिङ गाविस०, बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस)तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाहरु रहेका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन आयोजना क्षेत्रका ६४ जनाबाट २० हजार ३०० कित्ताका लागि र सिन्धुपाल्चोक जिल्लाका अन्य ५३७ जना स्थानियबाट १ लाख ९ हजार ९८० कित्ता आईपीओ खरिदको आवेदन परेको हो ।

कम्पनीले स्थायिय वासिन्दाका लागि विक्री खुला गरेको यो शेयर छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved