स्याङ्जामा वालिङ नगरपालिकाद्वारा अक्सिजन सहितको बेड तयार

  • वैशाख २२, २०७८
  • कालापानी मिडिया
alt

स्याङ्जा । संक्रमणको दर बढ्न थालेको भन्दै वालिङ नगरपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न बेड तयार गरेको छ । तत्कालकालागि गह्रै प्राथमिक अस्पतालको परिसरमा अक्सिजन र निवुलाईजर सहितको बेड तयार पारिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए ।

20210505_001537

उनले भने, “पहिलो चरणमा ६ वटा बेड तयार गरेका छौं आवश्यक्ता अनुशार थप गर्ने छौं ।” ठाँउको व्यवस्थापन गरिसकिएको जानकारी दिदै नगरप्रमुख खाँणले नागरिकलाई नआत्तिन आग्रह समेत गर्नु गरे । अस्पताल परिसरमा बन्दै गरेको नयाँ भवनलाई सुविधा सम्पन्न आईसोलोसनका रुपमा बिकास गरिने प्रमुख खाँणको भनाई छ । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजेन समेत परिक्षण गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सरोज थापाले बताए । उनले संक्रमित बढ्ने क्रममा रहेका र त्यही अनुशार तयारी पनि गरिरहेको जानकारी दिए। कोरोना संक्रमित बिरामीहरुका लागि भर्ना गरी सबै खाले सेवा प्रदान गर्ने गरी आफूहरु तयारी अवस्थामा रहेको अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले बताए ।

20210505_001521

उनले भने, “कोरोना संक्रमितको लागि उपचारमा आवश्यक पर्ने सबै सामाग्रीहरु नगरपालिकाले जुटाई सकेको छ ।” मंगलबार अपरान्ह सम्म वालिङमा सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकरी दिए । दोस्रो पटक फैलिएको संक्रमणबाट वालिङका १ सय ७३ जना संक्रमित भएका छन् जस मध्ये १ जनाको मृत्यु भएको प्रमुख पाण्डेले बताए । पछिल्लो पटक संक्रमित थपिने क्रम जारी छ । मंगलवार मात्रै १६ जना संक्रमित थपिएकाछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved