रौतहटमा शुक्रबार मध्यरातीबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा

  • वैशाख २३, २०७८
  • कालापानी मिडिया
alt

सन्तोष काफ्ले, रौतहट । रौतहटमा शुक्रबार मध्यरातीबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार सम्पन्न बैठकले बैशाख ३१ गते सम्म जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

गौर स्थित जिल्ला प्रशासन कार्यालयमा डाकिएको सर्वपक्षिय भेलापछि डीसीसीएमसीले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय लिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले चेक ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । प्रशासनले पूर्ण निषेधाज्ञा जारी गरेसँगै रौतहटमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारीका साधन संचालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

प्रशासनले अत्यावश्यकको सुचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिने भनेको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाउने भनिएको छ । पसल तथा हाटबजार तत्काललाई संचालनमा ल्याउन नपाइने रौतहट प्रशासनले जनाएको छ ।

होटल तथा रेष्टुरेन्ट, जीमखाना,पार्लर,शैक्षिक संस्था,ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गराउन निर्देशन दिईएको जारी सूचनामा उल्लेख छ । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । प्रशासनले दिएको जानकारी अनुसार विवाहमा बढीमा १४ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर बाहेक हिड्न पाइने छैन् ।

तोकिएको मापदण्डमा रही विवाहमा सरिक हुने सवारीको हकमा पास नचाहिने पनि प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको जनाएको छ । रौतहटका प्रजिअ इन्द्रदेब यादबका अनुसार पूर्ण निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक हिडडुल समेत गर्न पाइने छैन् ।

यादबका अनुसार अत्यावश्यक कार्यमा पर्ने औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद भने स्वास्थ्य मापदण्डको अधिनमा रही गर्न दिइने छ । प्रजिअ यादबले निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved