झापा । झापाको हाल्दिबारी गाउँपालिकाका प्रमुख रविन्दप्रसाद लिङदेनको दिनचर्या अचेल बिरामी बिरामीका आफन्त भेट्न र उनिहरुकालागि औषधी जुटाउनमै वित्छ ।
अध्यक्ष लिङदेन बिहानै उठेर आफ्नो नगरमा कहाँ के भइरहेको छ ? कसलाई कस्तो छ ? कतै असहज त भइरहेको छैन भन्दै सबैतिर बुझ्ने प्रयास गर्छन अनि हातमा औषधि बोकेर लाग्छन त्यतैतिर । कोरोना संक्रमितका घर घरमा पुगेर कतै ढाडस दिन्छन् त कतै औषधि दिएर आउँछन् । कोरोना संक्रमितहरु राखिएका अस्पतालमा पुगेर हौसला दिइराखेका हुन्छन् ।
उनि चाहन्छन् आफ्ना नगरका कोहिपनि औषधि नपाएर, उपचार नपाएर मृत्युको मुखमा पुग्न नपरोस । उनि भन्छन्, कोरोना लाग्ने बितिक्कै मृत्यु नै हुन्छ भन्ने मानसिकताबाट माथी उठ्नु पर्छ, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्छ, संक्रमितलाई हौषला दिनुपर्छ । विरामीलाई एक्लै राख्दा उसको दिमागमा अनेक कुराहरु आउने, एक्लो महसुस हुने भएकाले उसलाई कसरीहुन्छ खुसि राख्ने कार्य गर्नु पर्छ । एक्ल्याउनु हुदैन ।
त्यसैले आफ्नो भेटघाटले विरामीको मनोबल उच्च हुने उनको भनाइ छ । आफ्नो क्षमताले भ्याए अनुसार उनि जनताको समस्या र स्वास्थ्य अवस्था बुझेर समाधान गर्न आफु हर हालतमा लागि पर्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved