समाजीक कार्यमा सधैं अग्रसर नविन शाही

  • जेठ ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । जतिसुकै बिषम परिस्थीती भएपनि सधैव सामाजिक कार्यमा सकृय रहने समाजसेवीको नाम हो नविन शाही ।नाकाबन्दी होस वा कोरोनाको महामारी गरीव दुखीको सेवामा समर्पित हुन्छन् उनि । कोहिपनि भोकै बस्न नपरोस भन्ने चाहना अनुरुप उनि आफुले सक्ने सहयोग जो कोहीलाई पनि गर्न पछि पर्दैनन् ।

186501579_4552775034751256_3590160476169740013_n

नाकाबन्दीकाबेला मात्रै होइन उनले पहिलो चरणको कोरोना संक्रमणका बेला पनि गरीव, असशायका घर घरमा तरकारी, फलफुल लगायत खाद्यान्न बोकेर पुगे । यति सम्मकि उनले कोरोनाबेला गाइबस्तुलाई समेत भोकै बस्न दिएनन् । हो तिनै नविन शाही अहिले दोश्रो चरणको कोरोना संक्रमणमापनि समाजसेवामा समर्पित देखिन्छन् ।

186534345_4552775724751187_7056572317434978322_n

उनि कालिमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका सदस्य हुन् । तर, कालीमाटी बजारमा उनको छुट्टै पहिचान छ । कोही कसैसंग रुखो स्वाभाव नदेखाउने, मिलनसार भएकै कारण उनि पटक पटक संघमा विजयी हुने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका शाहिले बिभिन्न सामाजिक संस्थाहरुलाई खाना ख्वाउने कार्यकालागि निरन्तर रुपमा तरकारी उपलब्ध गराई रहेका छन् ।

186544470_4552773634751396_5813052436812492131_n

उनले महालक्ष्मीस्थान बटुक भैरब मन्दिर परिसर, पशुपति भष्मेश्वर घाटको पारिपट्टि खाना ख्वाउने बिभिन्न सामाजिक संस्था तथा समुहहरुलाई निरन्तर रुपमा तरकारी उपलब्ध गराइरहेका छन् ।

187827152_4552773778084715_596655704946102979_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved