डा.लोहनीको गुहार, खोप लगाउन कहाँ जाऊँ सरकार ?

  • जेठ ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कोरोना विरुद्धको पहिलो खोप लगाएकाहरूले दोस्रो खोप लगाउने कुराको कुनै अतोपत्तो नभएको भन्दै सरकारसँग गुहार मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले खोपको पहिलो मात्रा लगाएकाहरुलाई आठ हप्तामा दोस्रो खोप लगाउनु पर्ने भएपनि अहिलेसम्म खोप बारे कुनै जानकारी नपाइएको बताएका छन् । भारतबाट खोप ल्याउन पैसा तिरिसकिएको अवस्थामा ‘खोप कहिले आउँछ ? आफूहरुले खोप कहिले लगाउन पाउने रु जवाफ खोज्न कहाँ जाउँ ?’ उनले सवाल गरेका छन्।

उनले भनेका छन् ‘भारतबाट पक्का खोप आउछ, पैसा तिरी सकेको छ भनेको थियो तर ऐलेसम्म अत्तो पत्तो छैन। कोहि पनि कुरा गर्न या जबाफ दिन चाहदैनन् सडकमा जाऊ भने निषेध आज्ञा छ बालुवाटार या स्वास्थ मन्त्रालय जाऊ भने त्यहाँ सुन्ने कोहि छैन ।’ ७० बर्ष काटेका नागरिकहरूलाइ कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो तर दोस्रो खोप लगाएको आठ हप्ता नाघिसकेको छ । उनिहरू दोस्रो खोप कहिले लगाउन पाइन्छ अथवा नपाइने पो हो की भन्ने त्रासमा छन् ।

उनले लेखेका छन्

pp

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved