कोरोना महामारी रोकथामका लागि चतारामा अनुष्ठान

  • जेठ ८, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका सुनसरीको चतारा धाममा अनुष्ठान गरिने भएको छ । कोरानाको बढ्दो प्रभावलाई ध्यानदिँदै हिमालयन सिद्धमहायोगको माध्यमबाट चतरामा विशेष अनुष्ठान गरिने भएको हो । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो ।

विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराइ भर्चुअल माध्यमबाट आयोजना हुने अनुष्ठान अन्तरगत लाखौ सर्वसाधारणलाइ सहभागी गराइ कोरोनाको नियन्त्रण र रोकथाम र उपचारका लागि आवश्यक सात्विक दिनचर्या र भोजन, योग चर्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको शनिबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष अनुष्ठान कार्यक्रम अन्तरगत प्राचीन हरिद्धारको रुपमा रहेको चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुइ घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले आफुसंग भएको योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाइ प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने बताइएको छ ।

पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मुल पार्ने तथा वर्तमान अबस्थामा कोरोना महामारीबाट आम सर्वसाधारणको जीवन रक्षा गर्ने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको बताए । मानव जीवनका लागि स्वस्थ रहनका लागि ऋतु अनुसार आवश्यक पर्ने दिनचर्या, भोजनचर्या, योगचर्या र संयमित तथा सदाचारयुक्त आचरण लगायतका विषयलाइ अत्यन्तै वैज्ञानिक अवधारणाबाट जोडेर आयोजना हुने अनुष्ठान अन्तरगतको प्रशिक्षण कार्यक्रमबाट सबै जातजाति धर्म संप्रदायले लाभ लिनसक्ने उनले उल्लेख गरे । “कोराना संक्रमणकालिन यो जटिलताबाट प्रताडित बनिरहेको हाम्रो समाजलाइ हिमालयन सिद्धमहायोगको माध्यमबाट गरिने विशेष अनुष्ठान र त्यस अन्तरगतको प्रशिक्षण कार्यक्रमले आवश्यक राहत दिने कुरामा हामी विश्वस्त छौं । ”, जगतगुरु सिद्धबाबाको भनाइ छ । पारस्परिक वैर्दीक आयुर्वेदिक पद्धिती समेत अनुसरण गरी सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरु दत्तचित्त भएर सहभागी हुन सके मुलुकबाट कोरोना परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाले विश्वास व्यक्त गरे ।

कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको र यस दुखद घडीमा आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको चरम अभाव भइरहेको अबस्थामा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रलायले समेत गरेको आह्वानलाइ दृष्टिगत गरी मुलुकलाइ परेको यो विपत्तीको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम आयोजनाको निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए । सो पत्रकार सम्मेलनमा पिठका बरिश्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी , उपाध्यक्ष विश्वप्रकास पंडित , शिवराज पौडेल लगायतले अभियानका सन्र्दभमा आआफनो धारणा व्यक्त गरेका थिए । स्मरण रहोस जगतगुरु रामानान्दचार्य सेवा पीठले विगत दश महिना अघि चतरा स्थित पीठको भवनलाई १ नम्बर प्रदेस सरकारसंगको समन्वयमा होल्डिगं एरिया , आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरेर करिव वीस हजार सर्वसाधारणलाई सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved