प्रचण्डपुत्री रेणुको बेल्जियममा बेइज्जत

  • पुस १०, २०७६
  • कालापानी मिडिया
alt

चितवन ।

कुटनीतिक मर्यादा र पदीय दायित्वको ख्याल नगरी विदेश भ्रमणको लोभमा देशको स्वाभिमान र पहिचान धमिलो बनाउने काम देशको प्रधानमन्त्री, मन्त्री र अन्य विशिष्ठ ओहदामा रहेका नेपाली नेताहरुले गर्दै आएका छन् ।

राष्ट्रको लागि यस्तै लज्जाजनक घटना सरकारको नेतृत्व गरिरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहको बेल्जियम भ्रमणमा पनि भएको छ ।

चितवन पैत्रिक थलो भएका बेल्जियमको दक्षिणपन्थी पार्टी एनभेआका कार्यकर्ता कृष्ण रेग्मीको निमन्त्रणामा बेल्जियमको नौ दिन लामो भ्रमणमा आएको महानगरको नेतृत्वको अपरिपक्वता र रेग्मीको हुन र गर्न सकिने भन्दा बढी प्रचार र आश्वासनले रेणु दाहालको टोली, उनको पार्टीको प्रवास कमिटी र स्वयम कृष्ण रेग्मी पनि असन्तुष्ट देखिएका छन् ।

युरोपियन युनियन हेर्ने गरी बेल्जियममा रहेको नेपाली दुतावास, नेकपाको प्रवासी संगठन बेल्जियमलाई कुनै औपचारिक जानकारी नगराई ब्यक्ति बिशेषको योजनामा राज्यको जिम्मेवारी बोकेका पदाधिकारी विदेश भ्रमणमा जानु र प्रचार गरिएका कार्यक्रम हुन नसक्नु वा तय नभएका कार्यक्रमको प्रचार गरेर भ्रम सिर्जना गर्नु भित्रको बिषय शंकारहित अवश्य छैनन् ।

चितवन सहायता कोषले जिल्लाको महानगरका प्रमुख र उपप्रमुखको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा मेयर रेणु दाहालले भ्रमणबारे शंका नगर्न अनुरोध गर्दै सबै सामान्य रहेको बताउने प्रयास गरे पनि उनी स्वयम् असन्तुष्ट रहेको प्रष्टै बुझिन्थ्यो ।

अनौपचारिक कुराकानीमा नेकपाका कार्यकर्ताहरुले आफुहरुलाई कुनै जानकारी नगराइएको र दाहाल बेल्जियम पुगेपछिमात्र संपर्क भएको बताउँछन् । त्यहाँ पनि रेग्मीले आफ्नो तरिकाले कार्यक्रम बनाउने तर भनेका कार्यक्रमहरु नहुने भए पछि दाहालको टोली रिसाएर स्वीटजरल्यान्डतिर घुम्न गएको थियो ।

रेग्मीको पार्टीका अध्यक्ष एवम् एन्तवेरपेन नगरपालिकाका मेयर बार्त द वेभरलाई भेट्ने भनेर तय स्थानमा पुग्दा रेग्मी नआई पुगेको, मेयरको अफिसमा मिटिङका लागि कुनै समय तय नभएको थाहा भएपछि उनीहरु जिल्लिएका थिए।

नगरपालिकाहरुसँग भगिनी सम्बन्ध, फोहरमैला ब्यबस्थापनबारे सम्झौता र भरतपुरलाई स्मार्ट सिटी बनाउने प्राबिधिक सहयोग हुने लगायतका बिषयमा सम्झौता हुने भनिएकोमा केही पनि उपलब्धी नभएपछि र यसखाले घटनाबाट नेकपाका कार्यकर्ताहरु असन्तुष्ट रहेको बुझेपछि मेयर दाहाल कार्यकर्ताहरुकोमा बस्न खोज्ने तर रेग्मीले त्यसो गर्न नदिने गर्दा झन् असहज अवस्थाको सिर्जना भएको थियो ।

गैर आबासीय नेपाली संघका सहकोषाध्यक्ष लोक दाहालले मेयरको टोलीलाई सकेसम्म सहयोग गरेको र सार्वजनिक भएका कार्यक्रमहरु नहुने भएपछि आफुले स्वीटजरल्याण्ड, जर्मनी लगायतका देशको अबलोकन भ्रमण गराएको बताए।

दुईपक्षीय सम्झौताका लागि दूतावास मार्फत गरिनु पर्ने कुटनीतिक पहल आबश्यक हुने विश्वब्यापी मान्यता रहे पनि यस बिषयमा दूतावासलाई कुनै जानकारी न आएको दुतावास श्रोतले भनेको छ ।

साधारण खुद्रा पसल गरेर परिवार पालिरहेका कृष्ण रेग्मी नेपालमा महाभुकम्प गएपछि त्यही मानवीय संवेदनालाई प्रयोग गरेर श्रीमती, सालो र आफु रहेको गैर सरकारी संस्था खोलेर यूरोपियनहरुबाट साढे तीन लाख युरो ९करिब चार करोड नेपाली रुपयाँ० संकलन गरेका थिए ।

स्कुलका विद्यार्थीलाई किताब झोला बाँडेर दुई चार लाख रुपैयाँ खर्च गरेर बाँकी पैसाले बेल्जियममा घर र ब्यवसाय खरिद गरेको प्रमाणित भएपछि नेपाली दूतावास, नेपाली समुदाय र स्वयम उनको पार्टीले उनलाई स्पष्टिकरण सोधेको थियो ।

पार्टीलाई किताब र झोला बाँडेको फोटो देखाएर काम गरेको स्कुल बनाउन दिएको भनेर नक्कली बिल पेश गरेर मुद्दा सुल्झाए पनि नेपाली समुदाय र नेपाली दूतावाससंग भाग्दै हिंड्ने गरेकाले दूतावाससंग कुनै तालमेल गर्न सकेका थिएनन् ।

फ्लामिस प्रान्तीय प्रधानमन्त्रीलाई विशेष सोर्स लाएर मेयर दाहालको टोलीलाई भेटाए पनि स्वयम् प्रधानमन्त्रीले रेग्मीको विशेष आग्रहमा भेटे पनि केही सहयोग गर्न नसकिने हुँदा मेयरहरुलाई भेट भनेर रेग्मीले सेयर गरेको भिडिओमै भनेका छन् ।

आफ्नो चितवनमा बनाउन लागेको रिशोर्टका लागि सरकारी सहयोग पाउन र बेल्जियमको नेपाली दू्तावास र नेपाली समुदायलाई देखाइदिन्छु भन्ने अभिमानको पूर्ति गर्न एकजना विवादित व्यक्तिले तयार गरेको डिजाइनमा लागेर मेयर दाहालले देशको र स्वयम आफ्नै बेइज्जत गरेको आरोप स्वयं उनकै दलका कार्यकर्ताले भन्न थालेका छन् ।

के लेखिन् रेणुले
रेणु दाहालले भने युरोप भ्रमणबाट फर्केपछि फेसबुकमा यस्तो लेखेकी छिन्, ‘एक हप्ताको युरोप भ्रमण निकै फलदायी र उपलब्धीमुलक रह्यो बिशेष गरी त्यहांस्थित बिभिन्न राजनैतिक , कुटनीतीक भेटघाट एंव नेपाली संघ संस्थाहरू संगको भेटघाट छलफल अन्तरकृया हाम्रा लागी बिशेष महत्वपुर्ण बनेको छ। यस भ्रमण कार्यक्रम सफल पार्नका लागी सकृय सहयोग पुर्याउनु हुने युरोपस्थित सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनिहरू नेपाली दुसाबास एंव राजदुत लोक ब थापा ज्यु विशेष गरी आदरणिय दाजु लोक दाहालज्यू प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।’
हाम्रा कुराबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved