गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु

  • जेठ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ।
गत जेठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो।
प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक बोलाइएको हो।
गुरुङ बैशाख २९ गते दोस्रो पटक गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियूक्ती भएका थिए। बजेट अधिवेशनको पहिलो दिन आज प्रदेशसभामा सहभागी दलका नेता वा शिर्ष नेताले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिइन्।
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। लगतै बैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved