कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढ्यो

  • जेठ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलबमान दुई हजार रुपैयाँ बढ्ने बताएका हुन् ।

कोारोना महामारीको समयमा सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो । बढेको तलब आगामी आर्थिक वर्ष २०७८ साउन १ गतेदेखि लागू हुनेछ ।

कर्मचारीले १० लाखको दुर्घटना बीमा पाउने छन् भने सहुलियत आवासका लागि ऋण पाउने भएका छन् । उनीहरुले सन्तती छात्रवृत्तिसमेत पाउने भएका छन् । सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्री पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved