भारतमा कोरोना संक्रमित तीव्र गतिमा घट्दै, सक्रिय संक्रमित २१ लाखमा झरे

  • जेठ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको छ । शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको थियो । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ५४ लाख ४६ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका छन् । शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका थिए । बिहीबार १ लाख ७९ हजार ५३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका थिए ।

मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए ।
भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७८ लाख ९३ हजार ४७२ जना संक्रमित पुगेका छन् ।

शनिबार ३ हजार ४६३ जना संक्रमितको ज्यान गएको छ । शुक्रबार ३ हजार ४६० जनाको ज्यान गएको थियो । बिहीबार ३ हजार ५५६ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । योसँगै भारतमा अहिलेसम्म ३ लाख २५ हजार ९९८ जनाको ज्यान गइसकेको छ ।

सक्रिय संक्रमित घटेर २१ लाखमा पुगेका छन् । हाल २१ लाख ९ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म भारतमा २० करोड ८९ लाख २ हजार ४४५ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved