खोप खरीदका लागि भीमदत्तले माग्यो अनुमति

  • जेठ १७, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोनाविरुद्धको खोप खरीदका लागि संघ सरकारसँग अनुमति माग गरेको छ । नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन नगरपालिकाले खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति माग गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा नेपालको पश्चिमी नाकामा रहेको यस नगरपालिकामा संक्रमणको जोखिम उच्च रहेको अवगत गराउँदै तत्काल खोप उपलब्ध गराउन र मापदण्ड अनुसार नगरपालिकालाई खोप खरीदका लागि अनुमति दिन माग गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले सक्रिय रूपमा काम गरिरहेको बताइएको छ ।

नगर प्रमुख विष्टले नेपाल सरकारसँग आवश्यक मात्रामा खोप पठाइदिन आग्रह गरिएको जानकारी दिए । ‘नेपाल सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘सरकारले उपलब्ध गराउन नसकेमा तत्काल नगरपालिकालाई खोप खरीदका लागि अनुमति दिन माग गरेका छौं ।’ संघीय सरकारले अनुमति दिएमा खोप ल्याउन तत्काल खरीद प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved