काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ। उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि उनलाई शोमबार नै डिस्चार्ज गरिएको छ । तीन साताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूर्वडीआईजी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए ।
निमोनिया भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइ रहेको थियो । अस्पतालका अनुसार अस्पताल भर्ना हुँदा पूर्व डीआईजी खरेलको निमोनियाका कारण फोक्सोमा समस्या देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved