सिजीको इन्टरनेट सेवा शुरू, १२० एमबीपीएस ९९९ रुपैयाँमै पाइने, यस्तो छ प्याकेज

  • जेठ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । चौधरी ग्रुपले आजदेखि इन्टरनेट सेवा शुरु गरेको छ । सिजी नेटले मंगलबारदेखि उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको निर्वाण चौधरीले बताए । ‘उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि सिजीले इन्टरनेट सुविधा ल्याएको छ, हाल काठमाडौंमा मात्रै भएको यो सुविधा बिस्तारै देशका अन्य भागमा पनि उपलब्ध हुनेछ,’ चौधरीले भने ।

उनले डिजिटल नेपाल बनाउने अभियानमा चौधरी ग्रुपको प्रतिबद्धता रहेको उनको भनाइ छ । उनले १२० एमबीपीएसको स्पिड इन्टरनेट मासिक ९९९ रुपैयाँमा मात्रै उपलब्ध गराउने बताए ।

यस्तो छ प्याकेज
१२० एमबीपीएस गति भएको इन्टरनेट १ महिनाका लागि ९९९ रुपैयाँ तोकिएको छ भने २ महिनाका ालगि २ हजार ९९७ रुपैयाँ, ६ महिनाका लागि ५ हजार ९९४ रुपैयाँ र १२ महिनाका लागि११ हजार ९८८ रुपैयाँ तोकिएको छ ।

यसका लागि इन्स्टलेसन शुल्न, ड्रप वायर शुल्क भने निःशुल्क गरिएको छ ।

त्यसका साथै सिंगल राउटरका लागि एक महिनाको प्याकेज लिँदा २५००, ३ महिनाको प्याकेज लिँदा २ हजार, ६ महिना प्याकेज लिँदा १५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ ।

त्यसैगरी डबल राउटर राख्नेले एक महिनाको प्याकेज लिँदा ३५०० रुपैयाँ, ३ महिनाको प्याकेज दिँदा ३ हजार रुपैयाँ, ६ महिनाका प्याकेज लिँदा २५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ । साथै रिफन्डेबल डिपोजिटका रुपमा ५ सय रुपैयाँ बुझाउनुपर्ने छ ।

CG-Internet-Package

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved