भारतमा बालबालिकाको लागि कोरोनाविरुद्ध खोपको परीक्षण सुरु

  • जेठ २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमवारदेखि बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोभ्याक्सिन’को परीक्षण सुरु भएको छ। उक्त भ्याक्सिनको क्लिनिकल ट्रायलो स्क्रिनिङ थालिएको हो। पहिलो चरणका लागि १२ देखि १८ वर्ष उमेर समूहका केही बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ।

एम्स (पटना) का मेडिकल सुपरिटेन्डेन्ट प्रोफेसर सीएम सिंहका अनुसार चरणमा अस्पतालमा तीन बालबालिकालाई भ्याक्सिन दिइएको छ। भारतभर हालसम्म कुल २५ जना बालबालिकालाई भ्याक्सिन दिएर उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको छ।

अमेरिका, क्यानडा, ब्रिटेन, सिंगापुर र संयुक्त अरब एमिरेटले भने बालबालिकाको लागि खोपको अनुमति दिइसकेको छ। चीनमा पनि हालै तीन वर्षभन्दा माथि उमेर समूहका बालबालिका एवं किशोर किशोरीलाई खोप लगाउने अनुमति दिइएको छ।

फाइजर र मडेर्नाजस्ता कम्पनीले पनि बालबालिकामा परीक्षण पूरा गरिसकेका छन्। भारतको नीति आयोगका डाक्टर वीके पलका अनुसार त्यहाँ कोभ्याक्सीनसँगै जायडस नामको भ्याक्सिनको पनि बालबालिकामा परीक्षण भइरहेको छ।

बीबीसी हिन्दीका अनुसार संक्रमणको तेस्रो लहर आउने आशंकासँगै अभिभावकले बालबालिकाका लागि खोपबारे प्रश्न गरिरहेका छन्। आइसीएमआरका पूर्व महानिर्देशक डाक्टर गांगुलीका अनुसार बालबालिकामा परीक्षण भइरहेको पनि पहिले १८ वर्ष माथिकालाई दिएकै भ्याक्सिन हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved