निशालाई अभिनेत्री करिष्मा मानन्धरको साथ

  • जेठ ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ उनको बुबा प्रेमप्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरेकी छन्।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्वारा जारी प्रेस नोटमा अभिनेत्री निशाका बुबालाई २५ हजार नगद सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा जेष्ठ २९ गते संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार, बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामांगको उपस्थितिमा अभिनेत्री मानन्धरले उक्त सहयोग रकम प्रदान गरेकी थिइन्।

यसैगरी बरिष्ठ उपाध्यक्ष उप्रेतीले आफ्नो तर्फबाट दश हजार रुपैयाँ, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार रुपैयाँ र अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार रुपैयाँ अभिनेत्री उप्रेतीले अभिनेत्री निशाका पिता घिमिरेलाई प्रदान गरिन्।

कलाकारको अवस्थालाई मनन गरेर निःशुल्क उपचारको व्यवस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

संघ सदैव कलाकारको साथमा छ र हुन्छ पनि । संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा सहयोग अभियान संचालन गरिएको पनि हामी जानकारी गराउँदछौं, संघद्वारा जारी प्रेसनोटमा भनिएको छ,सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आउने छ भन्ने हामीले विश्वास लिएका छौं।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved