पूर्व प्रमहरुको विज्ञप्ती :आफु सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र-नेता लिङदेन

  • जेठ ३०, २०७८
  • कालापानी मिडिया
alt

विर्तामोड । राप्रपा नेता राजेन्द्र लिङदेनले पाँच पूर्वप्रधानमन्त्रीहरुले शनिबार जारी गरेको संयुक्त वक्तव्यलाई लिएर प्रश्न उठाएका छन् ।

नेता लिङदेनले सामाजिक सञ्जालमार्फत ५ पूर्वप्रधानमन्त्रीले वक्तव्यमार्फत बाह्य हस्तक्षप रोक्न गरेको अपिलमा कटाक्षसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजग हुनुपर्ने बताएका थिए ।

तर नेता लिङदेनले भने बाह्य हस्तक्षेप नहोस् भन्ने पूर्वप्रमहरुको वक्तव्य लामो समय सत्ताबाहिर रहनुपर्दाको औडाहा मात्र रहेको हुनसक्ने बताएका छन् ।

नेता लिङदेनले आफूहरु नेतृत्वमा हुँदा बैदेशिक हस्तक्षेपलाई गरिएको आमन्त्रण गलत रहेछ भन्ने आत्मबोध त भएको होइन भन्दै प्रश्नसमेत गरेका छन्।

उनले लेखेका छन्,’नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवंम चलखेल नहोस भन्ने पूर्व पाँच प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी रु नेपालमा वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका, विदेशीहरूले तय गरेकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?,

rrr

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved