राजामा जस्तो त्याग अहिलेको नेतृत्वमा छैन, मन्त्री गुरुङ

  • जेठ ३१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशमा विनाविभागीय मन्त्री दिपक मनाङेले अहिलेको राजनीतिक नेतृत्व भन्दा पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह नै ठिक भएको अभिव्यक्ति दिएका छन् । मनाङेले तेस्रोपटक मन्त्री नियुक्त भएर सपथ ग्रहण गर्नु अघि पूर्व महाराजधीराज जति त्याग र नैतिकताको भावना अहिलेको राजनीतिक नेतृत्वसँग नरहेको अभिव्यक्ति दिएका हुन्।

नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवास अघि विपक्षीहरु धर्ना बसेका थिए। दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे।

जवाफमा मनाङेले भने, ‘यि नेताहरु भन्दा त राजा नै ठिक रहेछन। नराम्रो परिस्थिति आउन सक्छ भनेर उनले पहिले नै छोडिदियो। अहिलेको नेताहरु जूतो भ्रष्ट नै थिए भने त सेना प्रयोग गर्न सक्थ्यो उसले। गरेन नि। भएको मान्छेहरुको दिमाग नै अर्कै हुन्छ। नहुनेहरुले हो प्रहरी, सेना प्रयोग गर्ने। अहिले सम्म प्रहरी मात्र प्रयोग गरेको छ। सेनालाई बाहिर निकाल्न त अझै बाँकी नै छ। केपी ओली त बेकुफ नै रहेछ।’

त्यसपछि मनाङेले प्रधानमन्त्री ओलीको पछि बुद्धि नभएकोहरु मात्र लाग्ने बताए। उनले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ। तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या। दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ।’

यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए। सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन्।

मनाङगेको कुरा सुनेपछि त्यहाँ उपस्थित अन्य सर्वसाधारणले पनि होमा हो थपेका थिए । उनिहरुलेअहिलेका नेताहरुको जस्तो राजालाई सत्ताको स्वार्थ थियो भने राजासंग त तेत्रो सेना थियो नि । अनि आफ्नो भाइ मारेर राजगद्धि चाहेको हो भने आन्दोलन गर्न गएका जनता सेना परिचालन गरेर मार्न सक्थे नि ।, तर उनले त्यसो गरेर । जनताको नासो जनतालाई भन्दै दरवार छाडेर गए । अहिलेपनि कति भद्र र शालिन भएर बसेका छन् ।, स्थानीयको अभिव्यक्ति थियो ।

यतिवेला अधिकांस ठाउँमा राजा र नेताहरुमा फरक धारण राख्नेहरुको जामात छ । र धेरैले यस्तै कुराहरु गरिरहेका हुन्छन् पनि । उनिहरुले अव नेताहरुको चाकडी गर्न छोडेर देशको रक्षा गर्ने देश र जनतालाई माया गर्ने राजसंस्थाको आवस्यकता औल्याउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved