काठमाडौं । काभ्रेमा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले आगामी असार ३१ गते बिहीबार बस्ने साधारण सभामा विशेष प्रस्तावका रुपमा आइपीओ जारी गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।
कम्पनीले कुल चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।
कम्पनीले विशेष प्रस्तावमा एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति वा सहमति गर्नका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने समेत उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved