भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व टेष्ट क्रिकेट विजेता

  • असार १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। न्युजिल्याण्ड पहिलो आईसीसी टेष्ट क्रिकेटको विश्व विजेता बनेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो विश्व विजेता बनेको हो। ईङल्याण्डको साउथ्याम्पटममा भएको खेलमा न्युजिल्याण्डले उक्त उपाधि हात पारेको हो।
वर्षाले प्रभावित फाइनलको ुरिजर्भु दिनमा न्युजिल्याण्डले उपाधि जितेको हो। वर्षाले पटक(पटक अवरोध गरेको फाइनलमा कुल ३ सय ९ ओभर बलिङ भएको थियो। पाँच दिनमा खेल पूर्ण हुन नसकेपछि छैटौं दिन ुरिजर्भु दिन भनेर राखिएको थियो।

टस जितेर पहिले फिल्डिङ गरेको न्युजिल्याण्डले पहिलो परीमा भारतलाई २ सय १७ रनमा समेटको थियो। न्युजिल्याण्डका काइल जेमिसनले ५ विकेट लिंदै आफ्नो टोलीलाई सहज स्थितिमा पुर्‍याएका थिए। भारतका लगि अजन्के रहाणेले ४९ रन बनाएका थिए।

न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २ सय ४९ रन बनाएको थियो। डेभोन कोनवेले सर्वाधिक ५४ रन बनाएका थिए भने कप्तान केन विलियमसनले ४९ रनको योगदान गरेका थिए। भारतका मोहम्मद सामीले ४ तथा ईशान्त शर्माले ३ विकेट लिएका थिए।

दोस्रो पारीमा भारत १ सय ७० रनमा समेटिएको थियो। भारतलाई सस्तोमा रोक्ने क्रममा टिम साउदीले ४ तथा ट्रेन्ट वोल्टले तीन विकेट लिएका थिए। भारतका लागि रिसव पन्तले सर्वाधिक ४१ रनको योगदान दिएका थिए।

दोस्रो पारीमा जितका लागि आवश्यक रन केन विलियमसन र रस टेलरले आउट नभई बनाउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए। विलियमसनले ५२ रनको योगदान दिंदा टेलरले ४७ रन बनाएका थिए।

न्युजिल्याण्डका काईल जेमिसन प्लेयर अफ फाइनल घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved