काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशलाई निकास दिन सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव मात्र भएको स्पष्ट पारेका छन् । थापाले आइतबार एक ट्वीट गर्दै देशलाई निकास दिन चुनावको विकल्प नभएको स्पष्ट पारेका हुन् ।
प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो नबनाउने बताउँदै पूर्वमन्त्री समेत रहेका अध्यक्ष थापाले विदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved