काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामि भदौमा पार्टी महाधिवेशन हुनुपर्ने धारण राखनु भएको छ । आइतबार सामाजीक संजाल ट्विटरमा अध्यक्ष थापाले पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा राप्रपाको महाधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहोल तातेको बेला पार्टी महाधिवेशन गरेर निर्वाचनको तयारी गर्नसपर्ने बताएका छन् ।
उनले भनेका छन्, हिन्दुराष्ट्र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका खेल्न,राप्रपालाई अग्रणी शक्ति बनाउन,फागुनमा हुने स्थानीय चुनावको तयारी गर्न,तीनघोडे रथको गतिहिनता अन्त्य गर्न र पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामि भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved