मोटरहेड बाइकको प्रि–बजेट अफर - नगद छुट र कोभिड केयर गिफ्ट

  • असार १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड ट्रेडले लकडाउन सहज भएसँगै प्रि-बजेट अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत मोटरहेडका बाइक नगदमा खरिद गर्दा १० हजार, फाइनान्समा ७ हजार र एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ छुट प्रदान गरिने छ । नगद र फाइनान्समा खरिद गर्दा ग्राहकले आगामी वर्षको कर समेत छुट प्राप्त गर्ने र नगद फाइनान्स र एक्सचेन्ज जुनसुकै प्रकारले भए पनि बाइक खरिद गर्ने ग्राहकले कोभिड केयर गिफ्ट उपलब्ध गराइने एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

मोटरहेडको प्रि-बजेट अफर आगामी असार ३१ सम्म लागू हुनेछ । काठमाडौं उपत्यकाको धोविद्धाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत सो अफर प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

मोटरहेडको नयाँ एमएच १५०आर बाइक पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध हुने र यसको बुकिङ समेत खुलेको कम्पनीको भनाइ छ । नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।

अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ । यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved