भान्सार छलेर ल्याएको करिब १७ लाख बराबरका कम्प्युटर पार्ट्स बरामद

  • असार १४, २०७८
  • कालापानी मिडिया
alt

वीरगञ्ज । भारतबाट भन्सार छलेर ल्याइएको करिब १७ लाख बराबरका कम्प्युटर पार्ट्स पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ।

प्रहरीले भन्सार छली ल्याइएका उक्त सामानहरु वीरगञ्ज महानगरपालिका-१६ नग्वाबाट बरामद गरेको हो।

५र७ जना तस्करहरुले भातरबाट भन्सार छली कम्प्युटर पार्ट्सहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले डेल कम्पनीको आइ फाइभ सिपीयु ४९ पिस र हार्डडिस्क ७८ पिस बरामद गरेको छ।

बरामद गरिएको पार्टसहरुको बजार मूल्य १७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीलाई देख्नासाथ तस्करहरु भने सामान छाडेर फरार भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

बरामद गरिएको कम्प्युटर पार्ट्सहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved