राप्रपा विभाजनको संघारमा पुगेका हल्ला निराधार- राप्रपा अध्यक्ष थापा

  • असार १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्ने धारणा राख्नु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम अतुल्यमा कुरा गर्दै अध्यक्ष थापाले पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा राप्रपाको महाधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेको हो ।

उनले नेकपा र जसपा विभाजनको संघारमा पुगेका बेला बजारमा राप्रपापनि विभाजन हुन्छकी भन्ने हल्ला निराधार भएको स्पष्ट गरे । तिन अध्यक्ष भएपनि राप्रपाले गति नलिएको, अनिर्णयको बन्दि बनेको अवस्थामा महाधिवेशन मार्फत असहज र अस्वभावीक व्यवस्थालाई चाँडै नै सुधार गर्ने उनको तर्क छ ।

राप्रपामा हिन्दुराष्ट्र र राजसंस्थालाई भोट बैंकका रुपमा बुझ्ने व्यक्ति र संघर्ष समिति ठान्नेहरु भएको र उनिहरुलाई राप्रपापाको बैचारिक धारमा ल्याउने प्रयासमा आफु जुटेको अध्यक्ष थापाको भनाई छ । आगामी महाधिबेशको मुल कार्यदिशा राजसंस्था र सनातन हिन्दुराष्ट्र नै रहेको स्पष्ट पारे ।

उनले नेपाली कांग्रेसकोपनि धार्मीक मौलिकता हिन्दुराष्ट्र र राजसंस्थानै भएकाले यही विचारलाई प्रतिपादन गर्न आग्रह गरे । कम्युनिष्टको एजेण्डालाई बोकेर कांग्रेसले कम्युनिस्टलाई पराजीत गर्न नसक्ने भन्दै अध्यक्ष थापाले विपि कोइरालाको नीतिलाई अगाडी बढाउने हिम्मत गरेर आफ्नो मौलिक पन बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

पूर्ण अन्तर्वार्ताकाे लागी बिहीबार साँझ ९ बजे माउण्टेन टेलिभिजनमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved