ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार प्राविधिक सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सब-इन्जिनियर राजन पासवानलाई पक्राउ गरेको हो ।
पासवानले असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै ३० हजार रुपैयाँ लिएका थिए । सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानलाई पक्राउ गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved