वार्तामा आउन आन्दोलनरत पक्षलाई उपकुलपति डा. गिरीको आग्रह

  • असार १७, २०७८
  • कालापानी मिडिया
alt

सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीको प्रशंसा गरेर विज्ञप्ति जारी गर्नु भएको छ । वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुव्र्यबहार नगरेको जानकारी गराउदै व्यक्तिगत चरीत्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत तरिकाले सञ्चार माध्ययम मार्फत आम सर्वसाधरण विच भ्रामक समाचार फैलाएको निम्ति खेद प्रकट गर्दै त्यसबाट प्रतिस्ठानको छविमा आच पुग्न गएकोमा उनले दुख व्यक्त गरेका छन् ।

प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास आफूले राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उपकुलपति, रजिस्टार सहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले कार्यकक्षमा तालाबन्दी गरेकै दिन उनले वार्ताको आह्वान पनि गरेका थिए । प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

gyanendra giri

आफूले आन्दोलनलाई बेवास्ता गरेको नभई प्रतिष्ठानकै कामले काठमाडौंमा रहनु परेको दाबी गर्दै उनले सौहार्द्धपूर्ण वार्ताका लागि आह्वान गरेका छन् । उनले आन्दोलनरत पक्षको प्रतिष्ठान शुद्धिकरण अभियानलाई खुलाहृदयले स्वागत गर्ने पनि बताएका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशिलताप्रति गहिरो, अटुट र अटल निष्ठा देखेको पनि खुलाएका छन् ।

प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले विज्ञप्तिमा जनाएका छन्। उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि बिपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए ।

प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपन आन्दोलनकारीको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved