दुई कर्मचारीका भरमा दुई जिल्ला

  • असार १९, २०७८
  • कालापानी मिडिया
alt

वीरगञ्ज, दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ! सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ ।    
    
 लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।    
    
 खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउनका लागि सो कार्यालय स्थापना भएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित चार जनाको दरबन्दी भए पनि हाल एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए । कर्मचारीको अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह हुन सकिएको छैन् ।    
    
प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा विदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आएका छन । स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको काम समेत प्रभावित भएको छ । कार्यालयमा सवारी साधनको नाउँमा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ ।   

 बारा पर्सा औद्योगिक करिडोर र ठूलो बजार क्षेत्र भएकाले सवारी साधनको अभावमा काम समेत प्रभावित भएको बताउँदै कार्यालय प्रमुख राउतले राससलाई भने , “कार्यालयमा एउटा मात्र मोटरसाइकल भएकाले संयुतm अनुगमनमा जादाँ भाडाको गाडी लिनु पर्ने बाध्यता रहेको छ ।” उहाँले स्रोत साधन र कर्मचारीको अभावमा बजार अनुगमन प्रभावित भइरहेको बताए ।

सवारी साधनका लागि विभागसँग पटकपटक माग गरेपनि हालसम्म कुनै उपलब्धि हुन नसकेकाले समस्या आएको उहाँको भनाइ छ । सो कार्यालयले बारा पर्साका करिब २ सय खाद्य र दाना उद्योगमा अनुगमन गरी त्यहाँबाट नमूना सङ्कलन गरेर जाँचका लागि जनकपुरस्थित प्रयोगशालामा पठाउने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved