राप्रपाको मुद्धा लोकप्रिय बन्दा राप्रपा किन लोकप्रिय बन्न सकेन ? नेता लिङदेन

  • असार २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले हिन्दुराष्ट्र, राजसंस्था र संघीयताको बारेमा पार्टी भित्र गहन छलफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले तत्कालीन राप्रपा नेपालले कष्टपूर्ण दिनहरुमा संघर्ष गरेर यहा सम्म ल्याइ पु¥याएको मुद्धामा पार्टीभित्र गहन छलफल हुनुपर्ने धारणा राखेका हुन् । यस बिषयमा ठूला राजनीतिक दलहरूमा छलफल, बहस हुनु स्वभाविक भएकोभन्दै उनले राप्रपाको मुद्धा लोकप्रिय बन्दै गर्दा राप्रपा किन लोकप्रिय बन्न नसकेको भनेर प्रश्न समेत गरेका छन् ।

उनले ठूला दलहरुले आफ्नो मुद्धामा छलफल अगाडी बढाइरहदा हाम्रो मुद्दा सफल भयोकि भएन भन्दै रमाउनु भन्दापनि आफु कसरी सफल हुने तिर पार्टीपंक्तिको ध्यान केन्द्रीत गरेका छन् । ठूला दलहरूको सकारात्मक भाव भन्दा पनि यो मुद्दा पक्षीय जनमतलाई अलमल्याउने रणनीति मात्र भएको उनको स्पष्टोक्ति छ ।

उनले भनेका छन्, राप्रपामा खासगरी तात्कालिन राप्रपा नेपालले असाध्यै कष्टपूर्ण दिनहरूमा बोकेको मुद्दा राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा जनमत बलियो बन्दै गएपछि त्यो जनमतलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर ठूला राजनीतिक दलहरूमा छलफल बहस हुनु स्वाभाविक हो। यत्तिकैमा राप्रपाका कार्यकर्ताले बुरुक्क बुरुक्क उफ्ररेको देख्यौ । हाम्रो मुद्दा सफल भयोकि भएन त भन्दै रमाउने समय यो होइन । ती दलहरूको यो मुद्दा प्रतिको सकारात्मक भाव भन्दा पनि यो मुद्दा पक्षीय जनमतलाई अलमल्याउने रणनीति मात्र हो भन्ने कुरा राप्रपा र यसका नेता कार्यकर्ताले बुझ्न जरुरी छ। राप्रपाको मुद्दामा राप्रपामा भन्दा बाहिर ठूलो समुदाय छ। समान विचार भएर पनि राप्रपा बाहिरका ती ब्यक्ति, समूह र सँस्थाहरू किन राप्रपाको हुन सकेनन ? मुद्दा लोकप्रिय बन्दा हामी किन लोकप्रिय बन्न सकेनौँ ? जनताका तहमा २०६४ पछि हाम्रो मुद्दा अहिले सबैभन्दा बलियो बनेको छ तर हामी किन यस्तो कमजोर अवस्थामा छौँ ? यसको निर्मम समिक्षा गरेरमात्र राप्रपा अघि बढ्न सक्छ। हामी अघि बढ्न सक्छौँ।

rajendra

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved