अफगानिस्तान । अमेरिकी सेना फिर्ता हुने निर्णयको बाइडनद्वारा बचाउ

  • असार २५, २०७८
  • कालापानी मिडिया
alt

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन्।

युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन्।

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेको थिए। तर गत ज्यानुअरीमा पदभार ग्रहण गरेपछि बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए। ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा उनले तालिबानको अधिग्रहण ुुअपरिहार्युु रहेको भनाइ अस्वीकार गरेका छन्।

झन्डै ३००,००० अफगान सुरक्षा फौजका अगाडि ७५,००० लडाकु रहेको तालिबानको मेल नरहेको उनको भनाइ छ।अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने ठानिएको छ।

यसै साताको सुरुवातमा आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एट्लान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बीबीसीलाई बताएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved