काठमाण्डौ । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् । जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् ।
पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved