कैलाली टीकापुरका बालक विवेक विष्टको प्रतिशोधकै कारण हत्या भएको प्रहरीको निष्कर्ष

  • असार २६, २०७८
  • कालापानी मिडिया
alt

धनगढी । कैलाली टीकापुरका साढे तीन वर्षीय बालक विवेक विष्टको प्रतिशोधकै कारण हत्या भएको अनुसन्धानमा संलग्न प्रहरीको निष्कर्ष छ। हत्या आरोपमा उनकी दिदी नाता पर्ने १४ वर्षीया किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालक र हत्या आरोपमा किशोरी प्रहरी नियन्त्रणमा परेपछि किशोरीको परिवारमा सात वर्षअघि भएको घटना सार्वजनिक भएको छ। त्यस बेला आरोपित किशोरीकी दिदीमाथि आफन्तबाटै यौन हिंसा भएको थियो। यौन हिंसा गर्ने व्यक्ति हाल जेल सजाय भोगिरहेको बताइएको छ।

यस घटनाले विष्ट परिवार एकापसमा विभाजित भए। कोही किशोरीको परिवारलाई अन्याय भएको भनी न्याय हुनुपर्ने पक्षमा उभिए। कसैले यौन हिंसाको घटना काल्पनिक भएको र निर्दोष व्यक्तिलाई जेल पठाएको भने।

त्यो बेला विवेकका बुबा दीलिपले दुवै पक्ष मिलेर बस्नुपर्ने बताएका थिए। यस कुराले किशोरीको परिवारलाई दीलिप आफ्नो पक्षमा नरहेको सम्झिए। तर पनि दुई परिवारका सदस्य एकअर्काको घरमा आउने जाने भैरह्यो। यद्यपि‚ विष्ट परिवारमा उक्त घटनाले फाटो ल्याउने काम गरेको र प्रतिशोध निम्तिएको प्रहरीको अनुमान छ।

विवेक र आरोपित किशोरीका बाजेहरु दाजुभाइ हुन्। दीलिपलाई दुई परिवारकाबीच ठूलो झगडा भएको सम्झना छैन। आरोपित किशोरी र उनकी दिदी कहिले काहीं दीलिपको पसलमा आउँथे। एक दिन पसलबाट दिदीले पैसा चोरिको आरोपमा उनलाई दीलिपले पिटेका थिए।

करिब १५ दिनअघि पनि दीलिपले उनलाई पिटेका थिए। विवेकलाई किन रुवाएको भन्दै काका (दीलिप)ले आफ्नो दिदीलाई पिटेको आरोपित किशोरीले बताएको प्रहरीको भनाइ छ। दिदीले पिटाई खाएको कुराले आफू दुःखी भएको किशोरीले बताएकी प्रहरीले जानकारी दिएको छ।

वयानका क्रममा किशोरीले विवेकको खुट्टाको चाँदीको बाला झिकेर पानीमा धकेलेको बताएको प्रहरी स्रोतको भनाइ छ। कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved