भारतीय सेना कालापानीबाट हटाउनस पर्छ-कमल थापा

  • पुस २०, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर ।
राप्रपा अध्यक्ष कमल थापाले राप्रपा ९संयुक्त० का अध्यक्षद्वय पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीलाई पार्टी एकताको अबसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।
मुलुकमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता छ, त्यसको परिपुर्तिको निमित्त समान बिचार भएका शक्तिहरु एकै ठाउँमा आउन ढिला गर्नुहुन्न भन्दै थापाले सस्थापन पार्टीको अध्यक्षको हैसियतले हदै सम्मको लचकता प्रदर्शन गर्दै एकताको प्रयास भइरहेको समेत बताए ।

अबसरलाई सदुपयोग गर्दै पार्टी एकताको बिषयलाई चाढो टुंगोमा पुर्याउनु पर्नेमा उनको जोड थियो । राप्रपा काङ्ग्रेस कम्युनिस्टको बिकल्पको शक्ति भएको भन्दै उनिहरुको भाइ पार्टी नहुने स्वतन्त्र र मौलिक अस्तित्वलाई कायम राख्दै पार्टी एकता गर्नुपर्ने थापाको भनाई थियो । थापाले आफु एकताको बिषयमा आशावादी रहेको समेत बताए ।

आइतबार मिडिया नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राजा महेन्द्र र प्रधानमन्त्री किर्तिनिधी विष्टका पालामा उत्तरतिर बसेका भारतीय सेनालाई फिर्ता पठाएको बताउँदै अहिलेको सरकारले भारतीय सेना फिर्ता पठाउनका लागि कुटनैतिक पहल गर्नुपर्ने बताए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अखण्ड भूमि रहेको बताउँदै उनले अझैसम्म पनि भारतीय सेना कालापानीमा रहनु दुःखत भएको बताए ।

नेपालको आन्तरिक विवादका कारण मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एससिसी० सम्झैता धरापमा पर्ने खतरा रहेको औल्याउँदै त्यसतर्फ सरकारलाई सचेत रहन आग्रह गरे । उनले सबै मुलुकले आफ्नो नीति अनुरुप नेपाललाई सहयोग गर्ने बताउँदै अहिले अमेरिकाले गर्ने सहयोगलाई गलत विषयमा अथ्र्याउन नहुने बताए ।

अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचार र धर्मान्तर मौलाएका कारण लोकतन्त्र खतरामा रहेको चिन्ता व्यक्त गरे । उनले एनसेल प्रकरण, वाइडवडीदेखि सार्बजनिक जग्गामा समेत लुट भैरहेकोमा तीब्र रोष प्रकट गरे । लोकतन्त्रको आबरणमा ब्रम्हलुट भएको भन्दै थापाले लुटतन्त्रले लोकतन्त्रमाथी गम्भीर प्रहार गरिरहेको भन्दै चिन्ता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved