काठमाडौं स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रप्रति उपहास गरेका बताएका छन्। आफूहरूले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने भनेको भन्दै संसद् पुनर्स्थापित हुनु भनेको चै लोकतान्त्रिक भएको स्पष्ट पारे।
तर ओली सरकारले रातारात संसद् विघटन गरेर लोकतन्त्र भनेकोप्रति उनले व्यंग्य गरे। संविधानको धारा ७६ ९५० ले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएको तर संसदलाई सर्वोच्चले बचाएको जिकिर गरे।
बाढीपहिरोबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जलि दिँदै प्रचण्डले भने, संविधानबाट संविधान मिलेर बनाएको र प्रतिस्पर्धा पनि गरेका थियौं, अहिले पाँच वर्ष नपुग्दै संसद विघटन भयो।
प्रतिनिधि सभामा आज प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतमाथिको छलफलमा अध्यक्ष प्रचण्डले संसद् विघटन विडम्बनापूर्ण भएको बताए।
पार्टी एकता गरौं भनेर प्रस्ताव लिएर जाने आफूले उभिएर यो सदनमा उभिँदा मेरो अनुभूति के होला गहिरो गरी विचार गर्नुहोला, उनले भने, यस्तो देख्नुपरेको भए किन पार्टी एकता गर्थें होलारु
प्रचण्डले केपी ओली र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको बखतको चर्चा गर्दै को लोकतान्त्रिकु भन्ने प्रस्ट भएको बताए। प्रतिपक्षी र पूर्वप्रधानमन्त्री भएर संसदमा उपस्थित नहुने कुरा अस्वाभाविक भएको बताए। उनले यसलाई लोकतान्त्रिक या अलोकतान्त्रिक के भन्ने भनी प्रश्न गरे।
ओली छलपकट जाली भएको आरोप लगाउँदै उनले ओलीलाई भन्ने एउटा गर्ने एउटा गर्ने खालका मानिस भएका चित्रण गरे। आफूहरू जिउँदै यही भएकाले त्यस्तो नचल्ने उनको भनाइ थियो। हामी भ्रष्टाचार गर्दिनौ भनेर ओलीले भ्रष्टाचार लुकाएका उनले आरोप लगाए।
पार्टीभित्र काम गर्न नदिएकाले संसद् विघटन गर्ने ओलीले गरेको संसद विघटन कुन चै लोकतान्त्रिक संस्कार हो भनी उनले प्रश्न गरे। पार्टीभित्रको बहुमतलाई सत्ताको बले मिच्न खोज्ने काम चाहिँ लोकतान्त्रिक होरु भनी प्रश्न तेर्स्याए।
माओवादी पार्टी र सात राजनीतिक दलबीच शान्ति सम्झौता भएर एउटा राजनीतिक कोर्स अगाडि बढेको स्मरण गराउँदै उनले विगतको शिक्षा लिएर धारा ७६ को उपधारा ५ प्रधानमन्त्रीको सनकले संसद् विघटन गर्छन् भनेर राखेको होइनरु भनी पनि प्रश्न गरे।
जनताको मुटुमा छुरा रोपेर संसदको हत्या गर्दै हिँडेका ओलीले अहिले यसैको हत्या भएको भन्दै गोहीको आँशु झारेका उनको आरोप थियो। यही धाराको प्रयोग हुँदा त्यत्रो चिन्तारु उनले सदनमा सोधे।
साथै उनले धारा ७६ मा रहेका उपधाराहरूको प्रयोगबारे पनि संसदमा बोलेका थिए।
युद्धमा जित्न नसकेर हारेर आएका होइनौं भने प्रदीप अघिल्ला साथीले, उहाँले त हल्का ढंगले भन्नुभयो, उनले सोधे, पटकपटक माओवादीसँग सहमति गर्ने तपाईंहरू होइन, उनले दाबी गरे, दुनियाँमा जो हतियार बिसाएर आयो त्यति नै लोकतान्त्रिक भएको छ।
ज्ञवालीको हेपाइले आफूहरूलाई घोचेको भन्दै उनले विस्तृत शान्ति सम्झौताबारे पनि उल्लेख गरे। त्यसलाई ज्ञवालीले सम्मान गर्न नसकेको पनि उनको भनाइ थियो। शान्ति सम्झौताबारे खिल्ली उडाउँदै माओवादीलाई लोकतान्त्रिक नभन्ने उहाँहरूको के हो? भन्दै प्रश्न गरे।
जनआन्दोलनबाट र हजारौंको त्यागबाट यो उपलब्धि आएको भन्दै उनले माओवादीलाई किचिदिए हुन्छ भन्ने साथीहरूलाई लाग्या होला, प्रचण्डले चेतावनी दिए, आगोसँग खेल्नु राम्रो होइन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved