पर्सा । नेपाल भारत सीमा अन्तर्गत पर्सा जिल्लामा रहेका १ हजार ७० वटा सीमास्तम्भमध्ये तीनवटा सीमास्तम्भ बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले यो वर्षको बाढीले वीरगंजदेखि ठोरीसम्म १०७ किलोमिटर लामो सीमामा रहेका तीनवटा सीमास्तम्भ बगाएको बताए ।
नापी कार्यालयको तथ्यांक अनुसार १ हजार ७० वटा सीमास्तम्भ हुनुपर्नेमा ११ वटाको यकीन नभएको र १ हजार ५९ वटा पिलरमध्ये तीनवटा बगाएको पाइएको हो । भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा ४९ वटा जड्डे पिलर, ६९ वटा मझौला पिलर र ९४१ वटा सानो पिलर रहेको तथ्याङ्क छ ।
यसमध्ये ६ वटा जड्डे पिलर, दुईवटा मझौला पिलर र ११ वटा सानो पिलर मरम्मत गर्नुपर्ने अवस्थामा रहेको प्रवक्ता खनालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved