काठमाडौं । मध्य चीनमा भीषण वर्षापछि आएको बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्। प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।
अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ।
बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन्। प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाको बसोबास भएको क्षेत्र हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved