चीनले बनायो प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल

  • साउन ६, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । चीनले प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेल बनाएको छ। मंगलबार उक्त रेलको प्रारम्भिक भर्सन पूर्वी तटीय सहर छिङताओमा सार्वजनिक गरिएको छ।

5

चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेशनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने रेल म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन ट्रान्सपोर्ट सुपरपावरु भएको दाबी गरेको छ।

3

यो रेल पाँचदेखि दश वर्षमा व्यावसायिक प्रयोगमा ल्याउन सकिने चिनियाँ इन्जिनियरहरूले बताएका छन्। यसअघिका रेलभन्दा म्यागलेभ ९म्याग्नेटिक लेभिटेसन० रेल फरक छ। यो ट्रयाकको माथि झुन्डिन्छ र इलेक्ट्रोम्याग्नेटिक शक्तिले गुड्छ।

4

तर चीनमा अहिलेसम्म कुनै सहरभित्र र अन्तर(सहरबीच यो गतिको रेल कुद्ने ट्रयाक बनिसकेको छैन। सांघाईमा विमानस्थलबाट सहरसम्म पुग्ने म्यागलेभ ट्रेन कुदने ट्रयाक छ।

maglevtrain1626830878

यो रेलले सेवा दिन सुरू गरेपछि राजधानी बेइजिङदेखि सांघाई पुग्न साढे २ घन्टामात्रै लाग्नेछ जबकी जहाजमै यी दुई सहरबीच यात्रा गर्न तीन घन्टा लाग्छ भने हाइस्पिड रेलबाट साढे ५ घन्टा लाग्छ। सांघाई र छेन्दुजस्ता सहरले उक्त रेल चलाउने ट्रयाक बनाउनेबारे अहिले अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved